२८ फाल्गुन २०८२, बिहीबार
प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी राजदूत र्यान्डी बेरीबीच भेटवार्ता भएको छ।
उनले ट्वीट गर्दै आफ्नो नयाँ कार्यकालमा नेपाल-अमेरिकाबीचको मित्रता र साझेदारीलाई थप सुदृढ गर्ने बताएका छन्। यसअघि मंगलबार प्रधानमन्त्रीको सपथ सकिनासाथ राजदूत बेरीले सामाजिक सञ्जालमार्फत् बधाई दिएका थिए। उनले मंगलबार राति नै फोन गरेर बधाई समेत दिएका थिए।

