२९ फाल्गुन २०८२, शुक्रबार
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना पार्टीबाट आएकाहरुलाई पनि मन्त्री बनाइदिन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।
आज बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले आफ्नै पार्टीकाहरु पनि मन्त्री पाउँला र खाउँला भन्ने आशले आएकाले छिटो मन्त्री बनाइदिन देउवासँग आग्रह गरेका हुन् ।


उनले भने, ‘यति त गराइसक्नु भयो, पछिपछि हिँडेका छन् । कुदेका छन्, फ्याँफ्याँ, स्वाँस्वाँस्वाँ गरेका छन् । मन्त्री खानपाउँ भनेका छन्। बिहान बेलुकै चाकरीमा हाजिर भएका छन् । मन्त्री दिनुस् प्लिज । मेरो पार्टीलाई घाटा भए पनि सहुँला ’ उनले भनेका छन्।