देउवालाई ओलीले भनेः तपाईका चाकरीमा लागेका मेरा मान्छेलाई मन्त्री बनाइदिनुस्

होमल्याण्ड खबर

२०७८ श्रावण २६ गते, मंगलवार १६:१७ मा प्रकाशित

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना पार्टीबाट आएकाहरुलाई पनि मन्त्री बनाइदिन प्रधानमन्त्री शेरबहादुर देउवालाई  आग्रह गरेका छन् ।

आज बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले आफ्नै पार्टीकाहरु पनि मन्त्री पाउँला र खाउँला भन्ने आशले आएकाले छिटो मन्त्री बनाइदिन देउवासँग आग्रह गरेका हुन् ।

ओलीले प्रधानमन्त्री देउवालाई मन्त्रीका लागि दिन रात हिरिक्क हिरिक्क भएर चाकडीमा लागेकाहरुलाई  मन्त्री बनाइदिन आग्रह गरेका हुन् ।

उनले भने, ‘यति त गराइसक्नु भयो, पछिपछि हिँडेका छन् । कुदेका छन्, फ्याँफ्याँ, स्वाँस्वाँस्वाँ गरेका छन् । मन्त्री खानपाउँ भनेका छन्। बिहान बेलुकै चाकरीमा हाजिर भएका छन् । मन्त्री दिनुस् प्लिज । मेरो पार्टीलाई  घाटा भए पनि सहुँला ’ उनले भनेका छन्।