२९ फाल्गुन २०८२, शुक्रबार
प्रस्तावित नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य र सांसदले दल दर्ताका लागि निर्वाचन आयोगमा सनाखत गरेका छन् । ५५ जना केन्द्रीय सदस्य र ३३ जना सांसदले आज आयोगमा पुगेर दल दर्ताको सनाखत गरेका हुन् ।
यसैबीच दिल्लीमा उपचाररत नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालले पनि नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा सनाखत गरेका छन् । दूतावासमार्फत नेता खनालले निर्वाचन आयोगलाई आफ्नो सनाखत नेकपा एकीकृत समाजवादी पार्टीको पक्षमा पठाएका हुन् ।


यसअघि आयोगले नयाँ दल दर्ताका लागि निवेदन दिएका सदस्यहरु सनाखतका लागि सशरीर आयोग उपस्थित हुनुपर्ने बताएको थियो । तर नेता खनाल लामो समयदेखि भारतमा उपचाररत भएकाले उपस्थित हुन सकेका थिएनन् ।
निर्वाचन आयोगले सनाखत सकिएर बाँकी काम सके आजै दल दर्ताको प्रमाणपत्र दिने तयारी गरेको छ ।