नेकपा (एकीकृत समाजवादी) को पक्षमा ५५ केन्द्रीय सदस्य र ३३ सांसदले गरे सनाखत

होमल्याण्ड खबर

२०७८ भाद्र ९ गते, बुधबार १३:४७ मा प्रकाशित

प्रस्तावित नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य र सांसदले दल दर्ताका लागि निर्वाचन आयोगमा सनाखत गरेका छन् ।  ५५ जना केन्द्रीय सदस्य र ३३ जना सांसदले आज आयोगमा पुगेर दल दर्ताको सनाखत गरेका हुन् ।

आयोगले दल दर्ताका लागि नेकपा (एकीकृत समाजवादी) तर्फबाट करिब सनाखत सकिएको बताएको छ । आयोगले दल दर्ताका लागि साढे ११ बजेदेखि २ बजेसम्म समय दिइएको छ । सोही कारण आयोगले तोकिएकोसम्म पर्खिने जनाएको छ ।

यसैबीच दिल्लीमा उपचाररत नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालले पनि नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा सनाखत गरेका छन् । दूतावासमार्फत नेता खनालले निर्वाचन आयोगलाई आफ्नो सनाखत नेकपा एकीकृत समाजवादी पार्टीको पक्षमा पठाएका हुन् ।

यसअघि आयोगले नयाँ दल दर्ताका लागि निवेदन दिएका सदस्यहरु सनाखतका लागि सशरीर आयोग उपस्थित हुनुपर्ने बताएको थियो । तर नेता खनाल लामो समयदेखि भारतमा उपचाररत भएकाले उपस्थित हुन सकेका थिएनन् ।

निर्वाचन आयोगले सनाखत सकिएर बाँकी काम सके आजै दल दर्ताको प्रमाणपत्र दिने तयारी गरेको छ ।