कुलमान घिसिङको नियुक्तिविरुद्ध दायर रिट प्रधानन्यायाधीशको इजलासमा

होमल्याण्ड खबर

२०७८ आश्विन ५ गते, मंगलवार ११:५३ मा प्रकाशित

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको इजलासमा परेको छ ।

प्राधिकरणका  निवर्तमान कार्यकारी निर्देशक  हितेन्द्रदेव शाक्यले दायर गरेको रिट निवेदन सर्वोच्च अदालतले आज तोकेको पेसी सूचीमा प्रधानन्यायाधीश जबराको इजलासमा राखिएको हो।

शाक्यले सरकारले आफूलाई हटाएर कुलमानलाई ल्याउँदा संविधान सम्मत आफ्नो अधिकार हनन भएको दावी गर्दै  नियुक्ति बदरको माग गरेका छन् । यसअघि भएको सुनुवाइमा इजलासले दुवैको नियुक्ति सम्बन्धी आवश्यक दस्तावेजहरू झिकाएको थियो।

सरकारले शाक्यलाई उर्जा आयोगमा सरुवा गर्दै घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा  नियुक्त गरेको थियो । तर सरकारको उक्त निर्णयविरुद्ध शाक्यले सर्वोच्च अदालतमा रिट दिएका थिए ।