२९ फाल्गुन २०८२, शुक्रबार
नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको इजलासमा परेको छ ।
प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको रिट निवेदन सर्वोच्च अदालतले आज तोकेको पेसी सूचीमा प्रधानन्यायाधीश जबराको इजलासमा राखिएको हो।


सरकारले शाक्यलाई उर्जा आयोगमा सरुवा गर्दै घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । तर सरकारको उक्त निर्णयविरुद्ध शाक्यले सर्वोच्च अदालतमा रिट दिएका थिए ।