सबै दलको सहमतिपछि मात्रै एमसीसी पारित हुन्छ : परराष्ट्रमन्त्री डा. खड्का

होमल्याण्ड खबर

२०७८ कार्तिक ८ गते, सोमबार १०:२७ मा प्रकाशित

परराष्ट्रमन्त्री डा. नारायण खड्काले सबै दलको सहमतिपछि मात्रै एमसीसी पारित हुने बताएका छन् । उदयपुरमा आज बिहान आयोजित पत्रकार सम्मेलनमा उनले गठबन्धनभित्र सहमति भएमात्रै एमसीसी पास हुने बताएका हुन् ।

‘गठबन्धनभित्र त सहमति हुनैपर्यो। एमालेको पनि सहमति आवश्यक हुन्छ’, उनले भने ।

संसदमा दर्ता भइसकेकाले एमसीसी पारित गर्न सबै दल सहमतिमा आउने विश्वास पनि उनले व्यक्त गरे ।