२९ फाल्गुन २०८२, शुक्रबार
परराष्ट्रमन्त्री डा. नारायण खड्काले सबै दलको सहमतिपछि मात्रै एमसीसी पारित हुने बताएका छन् । उदयपुरमा आज बिहान आयोजित पत्रकार सम्मेलनमा उनले गठबन्धनभित्र सहमति भएमात्रै एमसीसी पास हुने बताएका हुन् ।
‘गठबन्धनभित्र त सहमति हुनैपर्यो। एमालेको पनि सहमति आवश्यक हुन्छ’, उनले भने ।


संसदमा दर्ता भइसकेकाले एमसीसी पारित गर्न सबै दल सहमतिमा आउने विश्वास पनि उनले व्यक्त गरे ।