नेपाल इन्भेस्टमेन्ट बैंकको बाफलमा नयाँ शाखा विस्तार

होमल्याण्ड खबर

२०७५ आश्विन ७ गते, आईतवार १५:०४ मा प्रकाशित

नेपाल इन्भेस्टमेन्ट बैंकले काठमाडौंको रिङरोडमा पर्ने सोल्टीदोबाटो चोकस्थित बाफलमा नयाँ शाखा खोलेको छ ।

शाखाको बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले उद्घाटन गरे । विशेषत कलंकी तथा सीतापाइला आसपासका स्थानीयलाई वित्तीय कारोबार छिटोछरितो र सहज तवरले प्रदान गर्न न्युरोडको मुन्चा हाउसमा सञ्चालित शाखालाई बाफलमा स्थानान्तरण गरिएको हो ।

नेपाल इन्भेस्टमेन्ट बैंक लिको योसहित ७७ वटा शाखा छ । सर्वसाधारणलाई सहज बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले वित्तीय सञ्जाल नपुगेका क्षेत्रमा शाखा विस्तार गर्ने योजनाअनुसार बैंकले सेवा विस्तारको अभियानलाई निरन्तरता दिइरहेको बैंकले जनाएको छ ।

८ लाख ७० हजारभन्दा बढी उपभोक्ता रहेको नेपाल इन्भेस्टमेन्ट बैंकको १०३ वटा एटीएम पुगेको छ । ५ लाख ५० हजारभन्दा बढी भिसा डेबिट कार्ड प्रयोगकर्ता रहेको बैंकको ६० वटा शाखारहित बैंकिङ सुविधा तथा नौ वटा राजस्व संकलन केन्द्रका साथै बैंकको सञ्जालमा ७ सय ९० बढी भिसा तथा एनपीएन सदस्य बैंकका एटीएम रहेको पनि बैंकले जनाएको छ ।