अन्तर्राष्ट्रिय युवा दिवसमा नेपाल चिकित्सक संघको ‘युथ इन मेडिसिन’ कार्यक्रम

होमल्याण्ड खबर

२०८२ श्रावण २८ गते, मंगलवार १६:५४ मा प्रकाशित

नेपाल चिकित्सक संघ (एनएमए) ले अन्तर्राष्ट्रिय युवा दिवस ‘युथ इन मेडिसिन’ को आयोजना गर्दैछ। यो कार्यक्रम एनएमए भवन, काठमाडौंमा आयोजना हुनेछ।

संघका अध्यक्ष डा अनिल विक्रम कार्कीका अनुसार कार्यक्रम बिहान ६:३० देखि ९:३० बजेसम्म “वर्क-लाइफ बलान्स फर डक्टर्स” विषयमा छलफलले सुरु हुनेछ, जसको मूल नारा “हिलिङ अदर्स, वरहाउट लोसिङ योरसेल्फ: स्ट्राइभिङ फर बलान्स इन मेडिसिन” रहेको छ।

दिउँसो १०:०० देखि १:३० बजेसम्म रक्तदान कार्यक्रम, २:०० देखि ४:०० बजेसम्म “च्यालेन्जेस एन्ड अपरचुनिटिज अफ यंग डक्टर्स इन नेपाल” विषयक प्यानल छलफल र ४:०० देखि ६:०० बजेसम्म डक्टरहरूको प्रतिभा प्रदर्शन तथा पुरस्कार वितरण समारोह आयोजना हुनेछ।

कार्यक्रमको प्रमुख अतिथि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मन्त्री प्रदिप पौडेल हुन्। संघले सम्पूर्ण युवा डक्टरहरूलाई सिकाइ, साझेदारी र उत्सवको दिनमा सहभागी हुन समेत आग्रह गरेको छ।