२६ फाल्गुन २०८२, मंगलवार
नेपाल चिकित्सक संघ (एनएमए) ले अन्तर्राष्ट्रिय युवा दिवस ‘युथ इन मेडिसिन’ को आयोजना गर्दैछ। यो कार्यक्रम एनएमए भवन, काठमाडौंमा आयोजना हुनेछ।
दिउँसो १०:०० देखि १:३० बजेसम्म रक्तदान कार्यक्रम, २:०० देखि ४:०० बजेसम्म “च्यालेन्जेस एन्ड अपरचुनिटिज अफ यंग डक्टर्स इन नेपाल” विषयक प्यानल छलफल र ४:०० देखि ६:०० बजेसम्म डक्टरहरूको प्रतिभा प्रदर्शन तथा पुरस्कार वितरण समारोह आयोजना हुनेछ।

