५ बैंकको कारोबार रोक्का, यस्तो रहेछ कारण

होमल्याण्ड खबर

२०७५ पुष ६ गते, शुक्रबार ११:२५ मा प्रकाशित

नेपाल स्टक एक्चेन्ज नेप्सेले ३ बाणिज्य बैंक सहित ५ वटा बैंकको कारोबार रोक्का गरेको छ । नेप्सेले सनराइज बैंक, हिमालयन बैंक, मेगा बैंक, मिसन डेभलपमेण्ट बैंक तथा शंग्रिला डेभलपमेन्ट बैंकको शेयर कारोबार रोक्का गर्ने निर्णय गरेको हो ।

किन भयो कारोबार रोक्का ?

नेप्सेले यी कम्पनीले नेप्सेको निर्देशिका अनुसार काम नगरेको, सूचीकरण नियमावली र सूचीकरण विनियमावली पालना नगरेको कारण कारोबार रोक्का गरेको जनाएको छ। यी कम्पनीले नेप्सेलाई उपलब्ध गराउनु पर्ने सूचनाहरु नबुझाएको, संचालक समतिको बैठक बसेको समय उल्लेख नगरेको र कार्यतालिका अनुसार काम नगरेको बताईएको छ ।

नेप्सेले कति समयको लागि कारोबार रोक्का भएकोबारे के ही पनि खुलाएको छैन ।