२३ फाल्गुन २०८२, शनिबार
मातृभूमि जागरण अभियान, नेपालका संयोजक भीम रावल नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गर्ने भएका छन् ।
प्रदर्शनी मार्गस्थित राष्ट्रियसभा गृहमा आयोजित एक कार्यक्रममा उनी बुधबार नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गर्ने पार्टी एकता वार्ता टोलीका सदस्य प्रकाश ज्वालाले जानकारी दिए ।


उनका अनुसार बुधबार दिउँसो साढे १ बजे राष्ट्रियसभा गृहमा ुवृहत् पार्टी समायोजन कार्यक्रम’को आयोजना गरिएको छ ।
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ुप्रचण्डु, सहसंयोजक माधवकुमार नेपाल लगायतले उनलाई पार्टीका स्वागत गर्नेछन् ।
बुधबारबाट रावत नेतृत्वको मातृभूमि जागरण अभियान नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने ज्वालाले जानकारी दिए ।