भीम रावल बुधबार नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गर्ने

होमल्याण्ड खबर

२०८२ कार्तिक २५ गते, सोमबार १५:०१ मा प्रकाशित

मातृभूमि जागरण अभियान, नेपालका संयोजक भीम रावल नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गर्ने भएका छन् ।

प्रदर्शनी मार्गस्थित राष्ट्रियसभा गृहमा आयोजित एक कार्यक्रममा उनी बुधबार नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गर्ने पार्टी एकता वार्ता टोलीका सदस्य प्रकाश ज्वालाले जानकारी दिए ।

उनका अनुसार बुधबार दिउँसो साढे १ बजे ​राष्ट्रियसभा गृहमा ुवृहत् पार्टी समायोजन कार्यक्रम’को आयोजना गरिएको छ ।

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ुप्रचण्डु, सहसंयोजक माधवकुमार नेपाल लगायतले उनलाई पार्टीका स्वागत गर्नेछन् ।

बुधबारबाट रावत नेतृत्वको मातृभूमि जागरण अभियान नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने ज्वालाले जानकारी दिए ।