एलजी नेपालले ल्यायो एलजी ओलेड टीभीमा विशेष छुट अफर

होमल्याण्ड खबर

२०८२ मंसिर २२ गते, आईतवार १६:०१ मा प्रकाशित

नेपाल प्रिमियर लिग सिजन-२ फेस्टिभल अफ हिमालयाजको उत्साह मनाउन एलजी नेपालले आफ्नो प्रिमियम एलजी ओलेड टीभीमा विशेष मूल्य छुट अफर ल्याएको छ । सीमित समयको अफर नेपालभर उपलब्ध हुने कम्पनीले जनाएको छ ।

देशभर क्रिकेटप्रेमीहरू एक ठाउँमा जोडिँदै गर्दा एलजी नेपालले विश्वकै अत्याधुनिक टेलिभिजन प्रविधिलाई अझ पहुँचयोग्य बनाउँदै घरमै स्टेडियम–जस्तै अनुभव दिलाउने उद्देश्य लिएको छ । उत्कृष्ट चित्र स्पष्टता, जीवन्त रंग, र सिनेम्याटिक ध्वनिको संयोजनले एलजी ओलेड टीभी  ले हरेक NPL क्षणलाई वास्तविक जस्तै बनाइदिने कम्पनीले जनाएको छ ।

एलजी ओलेड टीभीले उत्कृष्ट ‘immersive experience’ लाई झनै सशक्त बनाएको छ । जहाँ हरेक बाउन्ड्री, हरेक क्याच, र NPL का हरेक रोमाञ्चक पल स्क्रिनभन्दा ठूलो जीवन्त अनुभव जस्तै महसुस हुन्छ ।

एलजी ओलेडमा α9 4K AI Processor Gen 8, Dolby Vision® र Dolby Atmos®, NVIDIA G-SYNC® र AMD FreeSync™, webOS स्मार्ट प्लेटफर्म जस्ता प्रविधि छ । यी शक्तिशाली प्रविधिहरूले क्रिकेट लाई झनै यथार्थ, र स्मूथ बनाउँदै NPL हेर्न सबैभन्दा उपयुक्त टीभी बनाउने कम्पनीले जनाएको छ ।

क्रिकेट सिजनलाई विशेष बनाउँदै एलजीले ओलेड टीभीमा विशेष मूल्य कटौती गरेको छ । यस अफरले प्रिमियम OLED प्रविधि चाहने नेपाली परिवारलाई आफ्नो ‘viewing experience’ अपग्रेड गर्न अधिक सहज बनाउनेछ ।

“नेपाल प्रीमिएर लिग केवल क्रिकेट मात्र होइन । यो नेपाली भावना र गौरवबाट प्रेरित एउटा उत्सव हो । विश्वकै नं.१ ओलेड टीभी  मा गरिएको यो विशेष मूल्य छुट मार्फत हामी चाहन्छौँ कि प्रत्येक फ्यानले आफ्नै घरमा बसेर सबैभन्दा उत्कृष्ट visual र sound technology सहित खेल हेर्न सकून्,” एलजीका मार्केटिङ म्यानेजर मुकेश कुमार बैठा भन्छन् ।

करिब ४० वर्षदेखि नेपाली घर–परिवारको भरपर्दो साथी, एलजी नेपाल ले नवप्रवर्तनशील, भरपर्दो र प्रयोग–मैत्री प्रविधि प्रदान गर्दै आएको छ । घरायसी उपकरणदेखि अत्याधुनिक उपभोक्ता इलेक्ट्रोनिक्ससम्म, LG ‘Life’s Good’ भन्ने विश्वाससहित नेपाली उपभोक्ताको दैनिकीलाई अझ स्मार्ट, सहज र रमणीय बनाउँदै आएको छ ।

चौधरी ग्रुप अन्तर्गत सि. जी इलेक्ट्रोनिक्स ले एलजी का उत्पादनहरूको आधिकारिक वितरण, बिक्री, र ग्राहक सेवा प्रदान गर्छ । नेपालभर विभिन्न सहरहरूमा एलजीका शोरूम र अधिकृत डिलरहरू छन् साथै आफ्ना ग्राहकहरूलाई बिक्रीपछिको उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता राखेको छ ।