३० कार्तिक २०८१, शुक्रबार
प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसदीय सुनुवाइ समितिमा नौवटा उजुरी दर्ता भएको समाचार आजको नयाँ पत्रिकाले तेस्रो पृष्ठमा छापेको छ ।
समाचारमा लेखिएको छ, समितिले प्रस्तावित प्रधानन्यायाधीश राणाविरुद्ध २ देखि ११ पुससम्म उजुरी आह्वान गरेको थियो ।
राणाविरुद्ध परेका उजुरीका विषयमा समितिले शुक्रबार छलफल गर्ने समिति सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।
न्यायपरिषद् सचिवालयले गत ९ मंसिरमा सर्वोच्चमा तीनवर्षे स्थायी न्यायाधीश भएर काम गरेका न्यायाधीश दीपकराज जोशी र राणाको अभिलेख संवैधानिक परिषद्मा पठाएको थियो ।
२७ मंसिरमा प्रस्तावित नाममध्ये संवैधानिक परिषद् बैठकले न्यायाधीश राणाको नाम प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो ।