राणाविरुद्ध संसदीय सुनुवाइ समितिमा नौ उजुरी

होमल्याण्ड खबर

२०७५ पुष १३ गते, शुक्रबार १०:४६ मा प्रकाशित

प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसदीय सुनुवाइ समितिमा नौवटा उजुरी दर्ता भएको समाचार आजको नयाँ पत्रिकाले तेस्रो पृष्ठमा छापेको छ ।

समाचारमा लेखिएको छ, समितिले प्रस्तावित प्रधानन्यायाधीश राणाविरुद्ध २ देखि ११ पुससम्म उजुरी आह्वान गरेको थियो ।

राणाविरुद्ध परेका उजुरीका विषयमा समितिले शुक्रबार छलफल गर्ने समिति सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।

न्यायपरिषद् सचिवालयले गत ९ मंसिरमा सर्वोच्चमा तीनवर्षे स्थायी न्यायाधीश भएर काम गरेका न्यायाधीश दीपकराज जोशी र राणाको अभिलेख संवैधानिक परिषद्मा पठाएको थियो ।

२७ मंसिरमा प्रस्तावित नाममध्ये संवैधानिक परिषद् बैठकले न्यायाधीश राणाको नाम प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो ।