एफसी चितवनका अध्यक्ष सचिन रास्वपाको समानुपातिक सूचीमा

होमल्याण्ड खबर

२०८२ पुष १५ गते, मंगलवार १२:२७ मा प्रकाशित

 फुटबल चितवन क्लब (एफसी चितवन) का अध्यक्ष सचिन ढकाल रास्वपाको समानुपातिकको सुचीमामा परेका छन् ।

सचिन खेलकूद, पर्यटन तथा हस्पिटालिटी व्यवसाय तथा युवाका क्षेत्रमा कार्यरत छन् ।

युवा समाजसेवी सचिन बालेन्द्र शाहको कोटाबाट परेका हुन् । उनको नाम खस आर्यको २ नम्बर सूचीमा छ ।

पछिल्लो समय हस्पिटालिटीका क्षेत्रमासमेत सक्रीय उनको व्यवस्थापन इला कम्फर्ट होटलहरू सञ्चालनमा छन् ।

रास्वपासँग एकीकरण गर्नुअघि मेयर बालेन्द्र शाहले गरेको श्रृंखलाबद्ध भेटघाटका क्रममा सचिनसँग पनि कुराकानी गरेका थिए । त्यहीबेला उनले सचिनलाई राजनीतिमा आउन आग्रह गरेका थिए ।

सचिन उद्योग वाणिज्य महासंघका अध्यक्ष एवं आईएमई ग्रुपका प्रमुख चन्द्र ढकालका छोरा हुन् ।

स्कुल तहको अध्ययन भारतको दिल्लीबाट गरेका ढकालले अमेरिकाबाट ‘उद्यमशिलता’ विषयमा स्तनातकोत्तर गरेका छन् ।

अध्ययन पूरा गरेसँगै ढकालले आइएमई ग्रुप अन्तर्गतका हस्पिटालिटी व्यवसायहरु सम्हाल्दै आएका छन् ।