२३ फाल्गुन २०८२, शनिबार
फुटबल चितवन क्लब (एफसी चितवन) का अध्यक्ष सचिन ढकाल रास्वपाको समानुपातिकको सुचीमामा परेका छन् ।
सचिन खेलकूद, पर्यटन तथा हस्पिटालिटी व्यवसाय तथा युवाका क्षेत्रमा कार्यरत छन् ।


युवा समाजसेवी सचिन बालेन्द्र शाहको कोटाबाट परेका हुन् । उनको नाम खस आर्यको २ नम्बर सूचीमा छ ।
पछिल्लो समय हस्पिटालिटीका क्षेत्रमासमेत सक्रीय उनको व्यवस्थापन इला कम्फर्ट होटलहरू सञ्चालनमा छन् ।
रास्वपासँग एकीकरण गर्नुअघि मेयर बालेन्द्र शाहले गरेको श्रृंखलाबद्ध भेटघाटका क्रममा सचिनसँग पनि कुराकानी गरेका थिए । त्यहीबेला उनले सचिनलाई राजनीतिमा आउन आग्रह गरेका थिए ।
स्कुल तहको अध्ययन भारतको दिल्लीबाट गरेका ढकालले अमेरिकाबाट ‘उद्यमशिलता’ विषयमा स्तनातकोत्तर गरेका छन् ।
अध्ययन पूरा गरेसँगै ढकालले आइएमई ग्रुप अन्तर्गतका हस्पिटालिटी व्यवसायहरु सम्हाल्दै आएका छन् ।