कांग्रेस विशेष महाधिवेशन : निर्वाचन तालिका संशोधन

होमल्याण्ड खबर

२०८२ माघ १ गते, बुधबार १५:०५ मा प्रकाशित

नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत निर्वाचन कार्यतालिका संशोधन गरिएको छ ।

केन्द्रीय निर्वाचन समितिको कार्यालयका अनुसार बुधबार (पुस ३०) ४ बजे प्रथम नामावली प्रकाशन गरिनेछ ।

त्यस्तै, साढे ४ बजे दाबी विरोध गर्न पाइनेछ । त्यसपछि ५ बजेसम्म दाबी विरोधको छानबिन गरिने समितिले जनाएको छ ।

त्यसपछि ५ बजे पुनः नामावली प्रकाशन, ५ः३५ सम्म मनोनयन फिर्ता र ६ बजे अन्तिम नामावली प्रकाशन हुनेछ ।

राति ८ बजेदेखि ९ बजेसम्म मतदान सुरु हुने केन्द्रीय वरिष्ठ अधिवक्ता एवं निर्वाचन समिति संयोजक सीताराम केसीले जानकारी दिए ।

congress-general-election-(1)-1768382329.jpg
congress-general-election-(2)-1768382329.jpg