१० बैशाख २०८३, बिहीबार
नवनिर्वाचित प्रतिनिधिसभा सदस्य महावीर पुनले अबको सरकारले भ्रष्टाचार रोक्न नसके राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कालान्तरमा हराएर जाने बताएका छन् ।
मंगलबार (चैत १) उनले सामाजिक सञ्जालमा लेखेका छन्, “अब आउने रास्वपाको सरकारले पहिलो दिनदेखि नै भ्रष्टाचारीहरूलाई नियम पुर्याएर कहिल्यै नउठ्ने गरी नंग्याउनुपर्छ । नियमले छेक्यो भने तुरुन्त नयाँ नियम बनाउनुपर्छ ।”


जनताले तीन महिनाभित्र सुशासन अनुभूत गर्न सक्नुपर्ने उनको भनाइ छ ।
भ्रष्टाचार र कुशासन हटाउन आफूले पूर्ण सहयोग गर्ने उनले उल्लेख गरेका छन् ।