भ्रष्टाचार रोक्न नसके रास्वपा कालान्तरमा हराएर जान्छ: महावीर पुन

होमल्याण्ड खबर

२०८२ चैत्र १० गते, मंगलवार १२:४८ मा प्रकाशित

नवनिर्वाचित प्रतिनिधिसभा सदस्य महावीर पुनले अबको सरकारले भ्रष्टाचार रोक्न नसके राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कालान्तरमा हराएर जाने बताएका छन् ।

मंगलबार (चैत १) उनले सामाजिक सञ्जालमा लेखेका छन्, “अब आउने रास्वपाको सरकारले पहिलो दिनदेखि नै भ्रष्टाचारीहरूलाई नियम पुर्‍याएर कहिल्यै नउठ्ने गरी नंग्याउनुपर्छ । नियमले छेक्यो भने तुरुन्त नयाँ नियम बनाउनुपर्छ ।”

जनताले तीन महिनाभित्र सुशासन अनुभूत गर्न सक्नुपर्ने उनको भनाइ छ ।

भ्रष्टाचार र कुशासन हटाउन आफूले पूर्ण सहयोग गर्ने उनले उल्लेख गरेका छन् ।