१० बैशाख २०८३, बिहीबार
प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ लिएका छन् । २१ फागुनमा भएको निर्वाचनपछि बुधबार संसद भवन सिंहदरबारमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सांसदहरूलाई शपथ खुवाएका हुन् ।
ज्येष्ठ सदस्य केसीले मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शीतलनिवासमा शपथ लिएका थिए ।


प्रतिनिभिसभामा १८२ सिटसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो दल हो ।
३८ सिटसहित नेपाली कांग्रेस दोस्रो, २५ सिटसहित नेकपा एमाले तेस्रो, १७ सिटसहित नेपाली कम्युनिस्ट पार्टी चौथो दल छन् ।
श्रम संस्कृति पार्टी ७ सिटसहित पाँचौ र राप्रपा ५ सिटसहित छैटौं दल भएको थियो । यसपटक ६ वटा राष्ट्रिय दल बनेका हुन् ।
आ–आफ्नो जातीय पोशाक, मातृ भाषा र भेषभुषासहित सांसदले शपथ लिएका हुन् ।