नवनिर्वाचित सांसदहरूले लिए शपथ

होमल्याण्ड खबर

२०८२ चैत्र १२ गते, बिहीबार १४:२६ मा प्रकाशित

प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ लिएका छन् । २१ फागुनमा भएको निर्वाचनपछि बुधबार संसद भवन सिंहदरबारमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सांसदहरूलाई शपथ खुवाएका हुन् ।

ज्येष्ठ सदस्य केसीले मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शीतलनिवासमा शपथ लिएका थिए ।

प्रतिनिभिसभामा १८२ सिटसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो दल हो ।

३८ सिटसहित नेपाली कांग्रेस दोस्रो, २५ सिटसहित नेकपा एमाले तेस्रो, १७ सिटसहित नेपाली कम्युनिस्ट पार्टी चौथो दल छन् ।

श्रम संस्कृति पार्टी ७ सिटसहित पाँचौ र राप्रपा ५ सिटसहित छैटौं दल भएको थियो । यसपटक ६ वटा राष्ट्रिय दल बनेका हुन् ।

आ–आफ्नो जातीय पोशाक, मातृ भाषा र भेषभुषासहित सांसदले शपथ लिएका हुन् ।