१० बैशाख २०८३, बिहीबार
प्रधानमन्त्री कप पीएम कप एकदिवसीय क्रिकेट प्रतियोगितामा दोहोरो शतक “डबल टन” पूरा गर्ने आसिफ पहिलो खेलाडी बनेका छन् ।
वीरगंजस्थित नारायण क्रिकेट मैदानमा जारी मधेस प्रदेशविरुद्धको खेलमा एपीएफका लागि आसिफले २०० रन पूरा गरेका हुन् । उनले १३७ बलमा १५ चौका र १६ छक्का प्रहार गर्दै २०० रन पूरा गरे ।


कुल १४२ बल खेलेका आसिफले १५ चौका र १७ छक्का प्रहार गर्दै २०८ रनको योगदान गरे ।
पीएम कपको इतिहासमा कुनै पनि खेलाडीले एकै पारीमा बनाएको यो सबैभन्दा ठुलो स्कोर पनि हो ।