१८ जेष्ठ २०८३, सोमबार
संघीय संसद्मा प्रतिपक्षमा रहेका दलहरूको सर्वदलीय बैठक बस्ने भएको छ ।
नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा आज मध्याह्न १२ बजे प्रतिपक्षमा रहेका दलहरूको सर्वदलीय बैठक बस्ने भएको हो ।


संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सर्वदलीय बैठक बोलाएको कांग्रेस संसदीय दलका सचेतक निश्कल राईले जानकारी दिए ।