प्रतिपक्षी दलहरूको सर्वदलीय बैठक बस्दै

होमल्याण्ड खबर

२०८३ जेष्ठ १८ गते, सोमबार १०:५९ मा प्रकाशित

संघीय संसद्‌मा प्रतिपक्षमा रहेका दलहरूको सर्वदलीय बैठक बस्ने भएको छ ।

नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा आज मध्याह्न १२ बजे प्रतिपक्षमा रहेका दलहरूको सर्वदलीय बैठक बस्ने भएको हो ।

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सर्वदलीय बैठक बोलाएको कांग्रेस संसदीय दलका सचेतक निश्कल राईले जानकारी दिए ।