१७ असार २०८३, बुधबार
बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। यो समयमा नेप्से परिसूचक १.४७ अंकले घटेर २६०६.८६ विन्दुमा अडिएको छ।
प्रि ओपन सेसनमा ३९ वटा स्क्रिप्सको ८५४ कित्ता सेयर ७ लाख ६ हजार ७६५ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये १२ वटा स्टक्सको मूल्य बढ्दा २७ वटाको घट्यो।

