सुनसरी घटना छानबिनका लागि समिति बनाइयो

होमल्याण्ड खबर

२०८३ श्रावण ११ गते, सोमबार १३:०९ मा प्रकाशित

सरकारले सुनसरीको देवानगञ्जमा भएको घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरेको छ।

गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा गठन गरिएको समितिलाई एक साताभित्र प्रतिवेदन बुझाउन समयसीमा दिइएको छ । यसैबीच, सुनसरी घटनाबारे छलफल गर्न आज साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक पनि बोलाइएको छ।

सुनसरीका सांसद लालविक्रम थापाले प्रहरीले छातिमा ताकी ताकी गोली चलाएको बताएका छन् ।

छलफलमा गृहमन्त्री गुरुङ, नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की, सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजीपी) नारायणदत्त पौडेललगायत सुरक्षा निकायका उच्च अधिकारी सहभागी थिए।