११ श्रावण २०८३, सोमबार
सरकारले सुनसरीको देवानगञ्जमा भएको घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरेको छ।
गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा गठन गरिएको समितिलाई एक साताभित्र प्रतिवेदन बुझाउन समयसीमा दिइएको छ । यसैबीच, सुनसरी घटनाबारे छलफल गर्न आज साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक पनि बोलाइएको छ।


सुनसरीका सांसद लालविक्रम थापाले प्रहरीले छातिमा ताकी ताकी गोली चलाएको बताएका छन् ।
छलफलमा गृहमन्त्री गुरुङ, नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की, सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजीपी) नारायणदत्त पौडेललगायत सुरक्षा निकायका उच्च अधिकारी सहभागी थिए।