बाढी प्रभावित क्षेत्रमा सेनाको मेडिकल टिमसहित हेलिकप्टर परिचालित

होमल्याण्ड खबर

२०८३ भाद्र १० गते, बुधबार ११:२५ मा प्रकाशित

नेपाली सेनाको एआई-१७ हेलिकप्टर इमर्जेन्सी मेडिकल रेस्क्यु टिम (ईएमआरटी) सहित बाढी प्रभावित क्षेत्रतर्फ परिचालित भएको छ।

सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार मेडिकल टिम बोकेको हेलिकप्टर जिल्ला अस्पताल त्रिशूलीतर्फ उडेको हो। धुन्चे र त्रिशूलीबाट समेत उद्धार टोली परिचालन गरिएको छ।

यसअघि नै नेपाली सेनाका दुई हेलिकप्टर बाढी प्रभावित क्षेत्रमा उद्धारका लागि खटिएका थिए। आज बिहान तिब्बततर्फबाट आएको बाढीले रसुवाको भोटेकोशीमा क्षति पुर्‍याएको छ भने बाढी नुवाकोट हुँदै धादिङतर्फ पुगेको छ।