१० भाद्र २०८३, बुधबार
नेपाली सेनाको एआई-१७ हेलिकप्टर इमर्जेन्सी मेडिकल रेस्क्यु टिम (ईएमआरटी) सहित बाढी प्रभावित क्षेत्रतर्फ परिचालित भएको छ।
यसअघि नै नेपाली सेनाका दुई हेलिकप्टर बाढी प्रभावित क्षेत्रमा उद्धारका लागि खटिएका थिए। आज बिहान तिब्बततर्फबाट आएको बाढीले रसुवाको भोटेकोशीमा क्षति पुर्याएको छ भने बाढी नुवाकोट हुँदै धादिङतर्फ पुगेको छ।

