एसिया कपमा युएईसँग भारत पराजित

होमल्याण्ड खबर

२०७५ पुष २७ गते, शुक्रबार १२:५० मा प्रकाशित

एजेन्सी । एएफसी एसिया कप फुटबलमा समूह ‘ए’ मा रहेको भारत युनाइटेड अरब इमिरेट्स (युएई) सँग पराजित भएको छ । अबुधाबी स्थित जायद स्पोर्टस् रंगशालामा भएको खेलमा भारत युएईसँग २—० गोल अन्तरले पराजित भएको हो ।

युएईका काल्फा मुबारर्काले खेलको ४४ औं मिनेटमा गोल गर्दै भारतविरुद्ध अग्रता बनाएका थिए । पहिलो हाफमा १—० गोल अन्तरले पछि परेको भारतको पुनरागमन नहुँदा खेलको ८८ औं मिनेटमा युएईका अलि अहमदले गोल गर्दै टिमका  लागि अग्रता दोब्बर बनाएका थिए ।

८८ औं मिनेटमा अलिले गरेको गोल युएईको जितका लागि निर्णायक बन्यो । अन्तराष्ट्रिय गोल गर्ने खेलाडीको शीर्ष दोस्रो स्थानमा रहेका सुनिल क्षेत्रीले गोल गर्न नसक्दिा भारतले समूह चरणको दोस्रो खेलमा पराजय बेहोरेको हो ।

यसअघि एसिया कपको पहिलो खेलमा भारतले थाइल्यान्डलाई ४—१ गोल अन्तरले पराजित गरेको थियो ।