मन्त्रीको कुटाइ खाएका सचिव अस्पताल भर्ना

होमल्याण्ड खबर

२०७५ पुष ३० गते, सोमबार १४:०५ मा प्रकाशित

प्रदेश नम्बर २ का मन्त्रीबाट कुटाइ खाएका सचिव विद्यानाथ झा अस्पताल भर्ना भएका छन् ।

आइतबार दिउँसो प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवको कुटाई खाएका सचिव झा आइतबार राति नै जनकपुरस्थित केयर नर्सिङ होममा उपचारको लागि भर्ना भएका हुन् ।

झाको मुख सुन्निएको, दाँया हातमा चोट लागेको र कम्मर दुखेका कारण अस्पताल भर्ना भएको अस्पतालले बताएको छ ।

उनको भनाई अनुसार मन्त्रीले आफूले भने अनुकुलको एनजीओमा कार्यक्रम नपर्दा आफ्नो कार्यकक्षमै बोलाएर प्रदेश २ का सभामुख सरोज यादवकै सामुन्ने कुटपिट गरेका थिए ।

कुटपिट गरेको घटना विषयलाई लिएर प्रदेश २ सरकारका आर्थिक मामिला तथा योजना मन्त्रीले सचिव विद्यानाथ झा माथि छानबिन सुरु भएको  छ ।

आइतबार आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवको संयोजकत्वमा गठित ३ सदस्य टोलीले सोमबारबाट छानबिन सुरु भएको बताइएको छ ।