३० कार्तिक २०८१, शुक्रबार
प्रदेश नम्बर २ का मन्त्रीबाट कुटाइ खाएका सचिव विद्यानाथ झा अस्पताल भर्ना भएका छन् ।
आइतबार दिउँसो प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवको कुटाई खाएका सचिव झा आइतबार राति नै जनकपुरस्थित केयर नर्सिङ होममा उपचारको लागि भर्ना भएका हुन् ।
झाको मुख सुन्निएको, दाँया हातमा चोट लागेको र कम्मर दुखेका कारण अस्पताल भर्ना भएको अस्पतालले बताएको छ ।
उनको भनाई अनुसार मन्त्रीले आफूले भने अनुकुलको एनजीओमा कार्यक्रम नपर्दा आफ्नो कार्यकक्षमै बोलाएर प्रदेश २ का सभामुख सरोज यादवकै सामुन्ने कुटपिट गरेका थिए ।
कुटपिट गरेको घटना विषयलाई लिएर प्रदेश २ सरकारका आर्थिक मामिला तथा योजना मन्त्रीले सचिव विद्यानाथ झा माथि छानबिन सुरु भएको छ ।
आइतबार आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवको संयोजकत्वमा गठित ३ सदस्य टोलीले सोमबारबाट छानबिन सुरु भएको बताइएको छ ।