९ मंसिर २०८१, आईतवार
ग्लोबल आइएमइ बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेलले पदबाट दिएको राजिनामा स्वीकृत भएको छ । माघ ८ गते बसेको बैंक सञ्चालक समितिको ३१४ औं बैठकले सीइओ पौडेलको राजिनामा स्वीकृत गरेको हो ।
पौडेलको राजिनामा माघ ९ गतेदेखि लागू हुनेगरी स्वीकृत गरिएको कम्पनी सचिव विष्णुप्रसाद बास्कोटाले जानकारी दिए ।
४ वर्षे कार्यकालका लागि नियुक्ति लिएका पौडेलले कार्यकाल पूरा नहुँदै पदबाट राजनामा दिएका थिए ।