९ मंसिर २०८१, आईतवार
सिद्धार्थ बैंकले काठमाडौंको लाजिम्पाटमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले उक्त क्षेत्रका सर्वसाधारण तथा उद्यमीमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानीलगायत सम्पूर्ण बैंकिङ सेवा पुर्याउने उद्देश्यले शाखाहरु सञ्चालनमा ल्याएको हो ।
बैंकले अत्याधुनिक प्रविधियुक्त इन्टरनेट बैंकिङ सेवा, मोबाइल बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । साथै हालसाल बैंकिङ प्रणालीलाई थप प्रविधिमैत्री बनाउन सिद्धार्थ बैंकले इन्टरनेटको माध्यमबाट आफ्नो रोजाइको बचत खाता खोल्न सकिने सुविधा ल्याएको छ जसले गर्दा ग्राहकलाई थप सुविधा पुग्ने बैंकले जनाएको छ ।