कञ्चनपुरबाट १८ किलो सुन बरामद: दुई पक्राउ

होमल्याण्ड खबर

२०७५ फाल्गुन २ गते, बिहीबार १४:५९ मा प्रकाशित

कञ्चनपुरको पुनर्बास क्षेत्रबाट १८ किलो सुन बरामद भएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलाली र कञ्चनपुरको टोलीसँगै अपराध महाशाखा र केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीको टोलीले भारतीय सीमावर्ती क्षेत्र कञ्चनपुरको पुनर्बासबाट सुन बरामद गरेको हो ।

सुनसँगै दुई जनालाई पनि नियन्त्रणमा लिएको छ । प्रहरीले उनीहरुको नाम भने खुलाएको छैन ।

सुन र पक्राउ परेका व्यक्तिलाई कैलालीको जिल्ला प्रहरी कार्यालयतर्फ ल्याइदैछ ।