१० मंसिर २०८१, सोमबार
तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटमा सिवाईसी अत्तरियालाई ७ विकेटले हराउँदै महेन्द्रनगरले पहिलो जित निकालेको छ ।
आइतबार फाप्ला क्रिकेट मैदानमा बर्षाका मेदान भिजेपछि ६ ओभरमा घटाईएको खेलमा अत्तरियाले दिएको ५५ रनको लक्ष्य महेन्द्रनगरले ५ ओभर ४ बलमा ३ विकेट गुमाएर पुरा गर्दै विजयी भएको हो।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अत्तरियाले पुरै ६ ओभर खेल्दै ५ विकेट गुमाएर ५४ रन बनाएको थियो । अत्तरियाका लागि सन्नी पटेलले सर्वाधिक १९, जय किशन कोल्शवाला र कप्तान दिपेन्द्र सिंह ऐरीले समान १०र१० रन जोडेका थिए भने भुवन कार्की र रित गौतम समान ४/४ रनमा अविजित रहे ।
महेन्द्रनगरका अविनाश बोहरा र सागर ढकालले २/२ विकेट लिए । कप्तान शरद भेषवाकरको नाममा एक विकेट रह्यो ।
जितसंगै महेन्द्रनगरले प्ले अफमा पुग्ने सम्भावना कायम राखेको छ ।