१० मंसिर २०८१, सोमबार
तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको प्ले अफमा स्थान बनाएको छ ।
सोमबार भएको खेलमा साविकको विजेता तथा सोमपाल कामीको कप्तानीमा रहेको धनगढी स्टार्सलाई ३९ रनले पराजित गर्दै रुपन्देही प्ले अफमा पुगेको हो ।
फाप्ला क्रिकेट मैदानमा रुपन्देहीले दिएको १०७ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको धनगढी १४ ओभरमा अलआउट हुँदै ६७ रनमा समेटियो । धनगढीका पवन सर्राफले सर्वाधिक १५ रन बनाए । यस्तै कप्तान सोमपाल कामीले ११ रन जोड्दा सन्दीप रजालीले १० रन बनाए ।
धनगढीलाई सस्तैमा समेट्न रुपन्देहीका ललित सिंह भण्डारीले ३ तथा बिक्रम शोबले २ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको रुपन्देहीले पुरै १५ ओभर खेल्दै ९ विकेट गुमाएर १०६ रन बनाएको थियो । हुस्सुको कारण ढिला सुरु हुँदा १५ ओभरमा झारिएको खेलमा रुपन्देहीका लागि सुमित महर्जनले सर्वाधिक ३३ रनको योगदान दिए ।
धनगढीका कप्तान सोमपाल कामी, पवन सर्राफ र बिपिन खत्रीले समान २/२ विकेट लिए ।
जितसंगै रुपन्देहीले ५ खेलबाट ६ अंक जोडेको छ । र, रुपन्देही लिगको दोस्रो स्थानमा उक्लिएको छ ।