१ मंसिर २०८१, शनिबार
सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीले पदबाट राजीनामा दिएका छन् ।
न्यायाधीश जोशीले मंगलवार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणामार्फत् राष्ट्रपति समक्ष राजीनामा दिएका हुन् ।
प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिसमा परे पनि संसदीय सुनुवाइ विशेष समितिले जोशीलाई प्रधानन्यायाधीश बन्न अस्वीकृत गरेको थियो ।
२०६३ को अन्तरिम संविधान जारी भएपछि व्यवस्था गरिएको संसदीय सुनुवाइबाट अस्वीकृत हुने जोशी पहिलो न्यायाधीश हुन् ।
राणा प्रधानन्यायाधीश भएपछि जोशी भूमिकाविहीन बनेका थिए ।