१ मंसिर २०८१, शनिबार
संसदीय सुनुवाई विशेष समितिले विभिन्न संवैधानिक आयोगका पदाधिकारीहरुको सुनुवाइ नेपाली कांग्रेसले बहिस्कार गरेको छ ।
विपक्ष दलका नेता शेरबहादुर देउवाको अनुपस्थितिमा बसेको संवैधानिक परिषद् बैठकले गरेको निर्णयप्रति असहमति जनाउँदै कांग्रेसले त्यस यताका सुनुवाई समितिको बैठक बहिस्कार गर्दै आउने क्रममा आज पनि सहभागिता नजनाएको हो ।
गत माघ ६ गते बसेको संवैधानिक परिषद् बैठकले नेपालको संविधानअनुसार गठन हुने विभिन्न आयोगहरु मध्ये ५ वटा संवैधानिक आयोगको प्रमुखमा नियुक्तिको सिफारिस गर्दै आज संसदीय सुनुवाइ सुरु भएको छ ।
संवैधानिक परिषद् बैठकले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको अध्यक्षमा पौडेल, मधेशी आयोगको अध्यक्षमा डा विजयकुमार दत्त, थारु आयोगको अध्यक्षमा विष्णुप्रसाद चौधरी, राष्ट्रिय समावेशी आयोगको अध्यक्षमा सुवेदी र मुस्लिम आयोगको अध्यक्षमा समिम अन्सारीको नाम सिफारिस गरेको थियो।