१ मंसिर २०८१, शनिबार
नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई बाराको सिमरामा १५१ किलोको मालाले स्वागत गरिएको छ ।
बुधबार सिमरा आएका देउवालाई जितपुर–सिमरा उपमहानगरपालिकाका कांग्रेस नगर सभापति श्यामबाबु गुप्ताले १५१ किलोको माला लगाइदिएका हुन् ।
सिमरा विमानस्थलबाट कार्यकर्ताको ठूलो भीडसहित पार्टी कार्यालय पुगेका देउवाले सन्चारकर्मीलाई भने कुनै प्रतिक्रिया दिएनन् ।
उनी कांग्रेसका नेता एवं पूर्वसांसद अनिल रुंगटाको लगानीमा वीरगन्जमा खुलेको होटल उद्घाटन गर्न आएका हुन् ।
यसअघि देउवालाई स्वागत गर्न सिमरा बिमानस्थलमा पूर्वमन्त्री फरमुल्ला मन्सुर, पूर्वसभासद राधेचन्द्र यादव, रमेश रिजालसहित बारा र पर्साका नेता कार्यकर्ताको उपस्थिती रहेको थियो।