१ मंसिर २०८१, शनिबार
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय र कार्यदलको संयुक्त बैठक सुरु भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ः२० बजेदेखि सुरु भएको बैठकमा नेकपा अध्यक्ष के.पी. शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल, बरिष्ठ नेनाद्वय माधब कुमार नेपाल र झलनाथ खनाल, महासचिव बिष्णु पौडेल, बामदेब गौतम, इश्वर पोखरेल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, रामबहादुर थापालगायतको सहभागी रहेको छ ।
आजको बैठकपछि नै पार्टीको सांगठनिक एकीकरणको प्रक्रियालाई कसरी टुंगो लगाउने भन्ने बारेमा आवश्यक निर्णय गरिने नेकपाले बताएको छ ।