१ मंसिर २०८१, शनिबार
नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसका लागि प्रजातन्त्र जीवनमरणको सवाल भएको बताएका छन् ।
वीरगञ्जको आदर्शनगरस्थित एक होटलको उद्घाटन गर्दै देउवाले जुनसुकै हालतमा प्रजातन्त्र जोगाउनु पर्ने भन्दै यस्तो बताएका हुन् ।
उनले भने, ‘प्रजातन्त्र प्राप्तिका लागि २००७ को क्रान्ति वीरगञ्जबाटै शुरु भएकाले यसको रक्षा गर्न नेपाली कांग्रेस सदैव तयार छ । यसलाई जोगाउनै पर्छ र कांग्रेसको यसको लागि जस्तोसुकै त्याग गर्न पछि पर्दैन ।’
वर्तमान सरकारले उद्योगधन्दाको विकास गर्न नचाहेको भन्दै देउवाले निजी क्षेत्रलाई लगानी गर्ने वातावरण बनाउन नसकेकाले उद्योगधन्दा फस्टाउन नसकेको औंल्याए ।
सो अवसरमा पूर्वमन्त्री डा. प्रकाशशरण महतले देशलाई कसरी समृद्ध गर्ने भन्ने सवालमा नेपाली कांग्रेस लोकतन्त्र, जनाधिकार र हरेक क्षेत्रमा नागरिकको अधिकार सुनिश्चित गर्ने कुरालाई लिएर अगाडि बढिरहेको बताए ।