नेपाली विधार्थी फसाउने मानव तस्करीलाई सरकारले कडा कारवाही गरोस्ः अनिता देवकोटा

होमल्याण्ड खबर

२०७५ फाल्गुन १२ गते, आईतवार १६:४१ मा प्रकाशित

सांसदहरुले अस्ट्रेलियामा अलपत्र परेका नेपाली विधार्थी फसाउने मानव तस्करीको विषयमा आफ्ना भनाईहरु राखेका छन् ।

आइतबार बसेको राष्ट्रिय सभाको बैठकको शुन्य र बिशेष समयमा बोल्ने अधिकांश सांसदहरुले यस्तो माग गरेका हुन् ।

बैठकमा बोल्दै सासंद अनिता देवकोटा अस्ट्रेलियामा अलपत्र परेका नेपाली विधार्थी फसाउने मानव तस्करीलाई सरकारले कडा भन्दा कडा कारवाही गरोस् भन्ने माग गरेकी थिईन् ।

उनले शिक्षाका नाममा हुने यस्तो तस्करी रोक्नुपर्ने भन्दै विद्यार्थी पठाउने कन्सन्टेन्सीलाई सरकारले तत्काल खोजी गरी कारवाही गर्न र अलपत्र परेका विद्यार्थीको बारेमा निकास निकाल्न आग्रह गरिन् ।

आजको बैठकमा सांसद बद्री प्रसाद पाण्डेले सरकार संचालन भएको एक बर्ष भयो तर जनता निराशाजनक रहेको भन्दै तत्कालै अन्यौलमा आएको राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानि परियोजना ९७% पूरा भईसकेको अबस्थामा कसको के कारणले ठेकेदारसँग अन्यौलता छाएको हो सत्य तथ्य जवाफ सदनमा आउनुपर्यो भन्दै अध्यक्ष मार्फत सरकारको ध्यानकर्षण गराएका थिए । यसमा भ्रष्टाचारको गन्ध आएको छ भन्दै उनले भ्रष्टाचारीलाई कठघरामा ल्याउन माग समेत गरे ।

माननीय विमला राई पौडेलले शुक्रबार बेलुका एनसेल अफिस अगाडि र देसैभर बम र आगजनि गर्ने अपराधी र आतङक मच्चाउनेलाई सरकारले तुरुन्तै कारवाहि गरोस यो एनसेललाई मात्र आक्रमण गर्न खोजेको हैन पुरै निजि क्षेत्रमा आक्रमण गरेको र सरकारलाई असफल बनाउन खोजेको र तत्कालै गायक पशुपति शर्माले गाएको गित भिजुअलमा राष्ट्रपति जस्तो गरिमा संस्थालाई बदनाम गरेको र वबिवादमा ल्याउन खोजेको यस्ता कार्य सरकारलाई रोक्न खोजेकोप्रत्ति ध्यानकर्षण गराए ।