१ मंसिर २०८१, शनिबार
नेपाल बिधार्थी संघ (नेविसंघ)ले आज रत्नपार्क स्थित त्रिचन्द्र क्याम्पस अगाडि विभिन्न कन्सल्टेन्सीहरु बिरुद्ध दवावमुलक कार्यक्रम गरेका छन् ।
क्याम्पसका पूर्व ईकाइ सभापति विष्णु पौडेलको नेतृत्वमा करिव ३५/४० जनाको समुहले उक्त दवाव दिइरहेका छन् ।
उनीहरूले अस्ट्रेलियामा १२ सय भन्दा बढि विद्यार्थीको भविष्य अन्योलमा पार्ने तीनदर्जन कन्सल्टेन्सीहरु बिरुद्ध सरकारलाई दवाव दिन दवावमुलक कार्यक्रम गरेको बताएका छन् ।
मर्सि, एक्सपर्ट, कंगारु, अल्फाबिटा, काठमाडौं इन्फोसिस, इम्पल्स, सनराइज, एनमार्क पोखरा, मोडल ग्लोबल, एबिसि लगायत तीनदर्जन कन्सल्टेन्सीहरु बिरुद्ध उनीहरुले सरकारलाई दवाव दिएका छन् ।