१ मंसिर २०८१, शनिबार
संसदीय सुनुवाई बिशेष समितिको बैठक मंगलबार बस्दैछ ।
आइतबार बोलाइएको समिति बैठक कोरम नपुगेपछि स्थगित भएको बैठक आज दिउँसो २ बजे बस्न लागेको हो ।
मंगलबारको बैठकबाट थारु आयोगको अध्यक्षमा सिफारिस विष्णुप्रसाद चौधरी र मधेसी आयोगका अध्यक्षमा सिफारिस विजयकुमार दत्तको सुनुवाइ र अनुमोदन गर्ने तयारी छ ।
आजको बैठकमा अनिवार्य उपस्थित हुन सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आफ्ना सांसदहरुलाई ‘ह्वीप लगाएको छ ।
नेकपाको बहुमत रहेको १५ सदस्यीय सुनुवाई समितिमा नेकपाका ९ जना, कांग्रेसका ४ जना, संघीय समाजवादी फोरम र राजपाका १/१ जना सांसद सदस्य रहेका छन् ।
प्रतिपक्षी नेपाली कांग्रेसले संवैधानिक आयोगमा गरिएको सिफारिसको वैधानिकतामा प्रश्न उठाउँदै बैठक बहिस्कार गर्दै आएको छ ।