१ मंसिर २०८१, शनिबार
नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै नबसी स्थगित भएको छ ।
मंगलबार बिहान ११ बजे बोलाइएको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहका नेता उपस्थित नभएपछि स्थगित गरिएको हो।
पार्टी कार्यालमा सभापति शेरबहादुर देउवासहित संस्थापन पक्षीय नेताहरु बैठक हलमा कुरिरहेका थिए तर पौडेल र सिटौला पक्षहरु केन्द्रीय कार्यालयमै रहेपनि बैठक हलमा गएनन् र बैठक स्थगित हुन पुग्यो।
बैठक बस्न नसकेपछि केन्द्रीय कार्यालयले विज्ञप्ति प्रकाशित गर्दै बैठक स्थगित गरिएको र अर्को बैठक बस्ने भन्ने टुंगो लाग्न नसकेको उल्लेख गरेको छ ।
पार्टी विधानमा केन्द्रीय नेता महाधिवेशन प्रतिनिधि हुन चुनाव लड्न नपर्ने व्यवस्था बहुमतबाट राखेपछि पौडेल/सिटौला समूहका नेताले लिखित असहमति राखेका थिए। पार्टी विधान बहुमतका आधारमा पास गरेर सभापति शेरबहादुर देउवा एकलौटी ढंगले अघि बढ्न खोजेको भन्दै उनीहरुले विरोध गर्दै आएका छन्।
साथै आजको बैठकमा देउवाले अनुशासन र निर्वाचन समिति समिति गठन गर्ने तयारी गरेका थिए । उनले यसअघि दुवै समितिमा पौडेल पक्षबाट दुईरदुई सदस्यको नाम दिन आग्रह गरेका थिए। पौडेलले दुवै पक्षबाट संयोजकसहित सबै सदस्य सहमतिबाटै गठन गर्न माग गर्दै आएको छ ।